२ सय जना पर्यटक सवारी चालकलाई तालिम, ५ सय गाडीमा स्टिकर

 पुष ५, २०७८ सोमबार १४:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय जना पर्यटक सवारी साधनका चालकलाई दुई दिने तालिम दिएको छ ।

पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरूलाई कोभिडकाे समयमा सुरक्षित यात्राका लागि अपनाउनुपर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिइएको थियो । यस्तै पाँच सय वटा गाडीमा पर्यटकहरूलाई यात्राका क्रममा चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेबसाइटको विवरण भएको स्टिकर पनि टाँस्न सुरु भएको  छ ।

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले पर्यटक गाडीमा टाँसिएको स्टिकरले पर्यटकमा भ्रमणमा सकारात्मक सन्देश जाने वातावरण बनेको बताउनुभयो । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेन्डरमा अग्रपङ्क्तिमा खटिएर काम गर्नेहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया