इन्द्रेणी कम्प्लेक्सकाे जिम सेन्टरमा लागेकाे आगाे नियन्त्रणमा आयाे, ‘२ कराेडभन्दा बढीकाे क्षति’

 पुष ५, २०७८ सोमबार १८:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ बानेश्वरमा रहेकाे इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ ।

आज साेमवार दिउँसाे ३ बजे आगलागीकाे सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलकाे टाेली घटनास्थलमा पुगेर झन्डै ५० मिनेटमा आगाे नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताउनुभयाे । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरनमा आगलागी भएर आगाे फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाै, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डीएसपी लामाले बताउनुभयो ।

आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिम सेन्टरका सञ्चालकलाई उद्धृत गर्दै उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया