ग्रामीण क्षेत्रको व्यवसाय प्रवर्द्धनका लागि मुख्य तीन विधामा व्यावसायिक अवधारणा माग

 पुस ६, २०७८ मंगलबार ९:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टेक्नोलजी इनाेभेसन सेन्टर एनटीआईसी–आईआरडीपी कार्यक्रम अन्तर्गत मुख्य तीन विधामा व्यावसायिक अवधारणा माग गरिएको छ ।

कृषि र ग्रामीण विकास, स्वास्थ्य  र जीविकोपार्जन, वैकल्पिक तथा नवीकरणीय उर्जाका विषयमा आधारित रहेर व्यावसायिक सोच वा अवधारणा माग गरिएको हो । तोकिएका मुख्य विधाबाहेक पनि ग्रामीण क्षेत्रको विकास केन्द्रित अवधारणा भएमा पठाउन सकिने परियोजनाले जनाएको छ ।

काठमाण्डौ विश्वविद्यालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालको सहकार्यमा सञ्चालन भएको आईआरडीपी परियोजनाको यो दोस्रो चरण हो । मुख्य गरी ग्रामीण क्षेत्रमा व्यवसाय प्रवर्द्धन गर्न चाहनेले अवधारणा पेस गर्न सक्नेछन् ।

प्राप्त अवधारणाबाट उत्कृष्ट ७ जनासम्मलाई ५० लाख रुपैयाँसम्मको अनुदान प्राप्त हुनेछ । समृद्ध नेपाल निर्माणका लागि ग्रामीण क्षेत्रको विकास मुख्य सर्त रहेको परियोजनाले जनाएको छ । यसअघि अवधारणा बुझाउन आज अन्तिम दिन भनिएकोमा १५ दिन थप गरिएको छ । थपिएको मिति यही पुस २१ गतेसम्म अवधारणा पेस गर्न सकिनेछ ।

अवधारणा एनटीआईसी कार्यक्रममार्फत सञ्चालित रिसर्ज एण्ड बिजनेश डेभलपमेन्ट कार्यक्रममा पठाउन सकिन्छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया