प्रतिनिधि सभाको बैठक आज बस्दै : अवरोध खुलाउन अझै सहमति जुटेन

 पुष ६, २०७८ मंगलबार ८:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ ।

बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । गएको मङ्गलवार बसेको बैठक एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो ।

एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो । संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया