कांग्रेस महाधिवेशन : आज सकिएकाे मत गणनामा २१ केन्द्रीय सदस्य निर्वाचित

 पुस ६, २०७८ मंगलबार १९:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नाै जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी विजयी हुनुभएको छ ।

यस्तै कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी हुनुभएको छ ।

मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित हुनुभएको छ ।

मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा विजयी हुनुभएको छ । यसअघि पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ । अरू क्लस्टरको मत गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले  जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया