कोरोना महामारीमा १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किन सुरक्षित ठाने

 पुष ७, २०७८ बुधबार ९:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो ।

महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका मध्ये ४१ प्रतिशतले महामारीको समयमा जागिर गुमाउनुपरेकाे र २५ दशमलव ६ प्रतिशतले काम गरेको तलब समेत नपाएकाे बताएका छन् ।

नेपाली श्रमिकका प्रमुख ४ गन्तव्य देश मलेसिया, साउदी, यूएई र कतारमध्ये काेराेनाका कारण सबैभन्दा बढी कतारमा रहेका नेपाली प्रभावित भएकाे पनि अध्ययनले देखाएकाे छ । यस्तै कतारपछि क्रमश: साउदी, यूएई र मलेसियामा रहेका नेपाली श्रमिक प्रभावित भएका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया