माओवादी केन्द्रकाे प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने

 पुष ७, २०७८ बुधबार १४:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गर्नुभएको हो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ । लोगोमा 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि' ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ । सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि सहभागी हुने पनि प्रवक्ता महराले जानकारी दिनुभयो ।

सम्मेलनमा आयोजकबाट एक सय ७९, सल्लाहकारबाट एक सय ४९, ज्येष्ठ कम्युनिस्ट सदस्यबाट एक सय २५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट एक सय दुई, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि नौ सय आठ र पाँच प्रतिशत मनोनितबाट ७३ जना गरी एक हजार पाँच ३३ जना सहभागी हुने भएका हुन् ।

सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिरहनुभएको र प्रतिवेदन स्थायी कमिटीमा छलफलपछि सम्मेलनमा पेस गर्ने उहाँले बताउनुभयो । राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने उहाँले बताउनुभयो । पार्टीको महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया