दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
ललितपुर – ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।
गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।
१५ पङ्क्तिको अभिलेख अहिले पुरातत्त्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।
शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो अहिलेसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञ राजवंशीले बताउनुभयो । अभिलेखमा योग्रङ्ग्राम र अन्तिम पङ्क्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।
अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताउनुभयो ।
फोटो : बुङ बुङमती फेसबुक पेजबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shivesh
Dec. 24, 2021, 6:32 p.m.यो फोटोको स्रोत यो लिंक हो https://www.facebook.com/groups/patanbloods/permalink/5002678329756533/ यही फोटो सबैले प्रयोग गरे, तर कसैले पनि श्रोत उल्लेख गरेनन् / तपाइहरुले अरुको मेहनतको सम्मान गर्नुहुनेछ /