इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात

 पुष ७, २०७८ बुधबार २०:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

इलाम – इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ । पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको हो ।

भुटानले किबी खेतीमा किसानलाई प्रोत्साहन गरेपछि बिरुवाको माग भएको प्लान्ट क्वरेण्टीन कार्यालय झापाका प्रमुख देविन्द्र साहुले बताउनुभयो । चालु आर्थिक वर्षमा पहिलो पटक एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार दुई सय वटा किबीको बिरुवा भुटान निकासी भएको उहाँले जानकारी दिनुभयो ।

किबी फल नेपालमा भारतबाट आयात भइरहेका बेला इलामका किसानले उत्पादन गरेको बिरुवा भने निर्यात हुन थालेको हो । यसअघि आर्थिक वर्ष २०७४/७५ मा एक सय र ०७५/७६ मा दुई सय वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकोमा अहिले २० हजार रोपनीमा विस्तार भएको छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबी खेती हुने गरेको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया