कोरोना सङ्क्रमण बढे पछि चीनको सियान सहरमा लकडाउन

 पुष ८, २०७८ बिहीबार १२:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढे पछि चीनको सियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको सियान सहरमा लकडाउन गरिएको हो ।

लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको छ ।

सियान विमानस्थलबाट हुने धेरै उडान समेत स्थगित गरिएका छन् । अत्यावश्यकबाहेकका व्यापार व्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । एक करोड ३० लाख जनसङ्ख्या रहेको यो सहरका नागरिकलाई घर भित्रै बस्न भनिएको छ ।

सियान मा गएको मंसिर २३ गते पछि १ सय ४३ जनामा सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ ।  सरकारी अधिकारीका अनुसार अहिले त्यहाँ कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको हो ।
 

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया