‘अझै ढुक्क हुने स्थिति छैन, राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाे छ’

 पुस ९, २०७८ शुक्रबार १७:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेकाे बताउनुभएको छ । 

आज शुक्रवार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभएको हो ।

राजनीतिक परिवर्तन जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिस्ट पार्टीहरू बीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरू अहिले पनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् । त्यस कारण हामी देशका, जनताका, क्रान्तिका पक्षधर सबै शक्ति एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा लाग्नुपर्छ । हामी कम्युनिस्टहरू बीचको एकता सबैभन्दा ठूलो कुरा हो । इमानदार कम्युनिस्ट क्रान्तिकारीहरू बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भूमिका खेल्न सक्दछ । त्यसको नेतृत्व अन्तर्गत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिलाई हामीले गोलबन्द गर्न सक्नुपर्दछ र मात्रै प्रतिक्रान्तिको आँधी या हुरीलाई रोक्न सकिन्छ, क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ ।’

उहाँले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरूको सिला खोज्दै हिँडेको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया