सबै प्रदेशमा सिरिञ्ज पठाउने सरकारको तयारी

 पुस १०, २०७८ शनिबार ८:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । हिजो काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो ।

यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।

सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा  खोप अभियान नै प्रभावित बनेको थियो । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिञ्ज आइसकेको र पठाएपछि खोप कार्यक्रम नियमित हुने डा.चौरासियाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया