साथीलाई खुकुरी हानेर भागेका व्यक्तिले प्रहरीलाई पनि आक्रमण गरे, टाउकोमा लगाइयो पाँच टाँका

 पुस १०, २०७८ शनिबार १५:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखुका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत आक्रमण गरेका थिए । घाइते भएका प्रहरी नायब निरीक्षक अवस्थी र खुकुरी हान्ने तामाङ दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते प्रहरी अवस्थीको टाउकोमा पाँच वटा टाँँका लगाइएको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया