चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

 पुष ११, २०७८ आइतबार १४:७:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताउनुभएको छ ।

चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको बताउँदै उसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको ट्रुडोले बताउनुभएको हो । 

ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताउनुभयो । 

ट्रुडोले भन्नुभयो, ‘हामी सामना गरिरहेका छौँ र चीन समय–समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ । हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’

सन् २०१८ पछि चीन र क्यानडाको सम्बन्ध राम्रो छैन । हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया