माओवादी केन्द्रको महाधिवेशन सुरु, शुभकामना दिन कांग्रेस सभापति देउवासहितका नेता उपस्थित

 पुष ११, २०७८ आइतबार १५:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पाेखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही लगायतका नेताहरू कार्यक्रममा उपस्थित भएका छन् । 

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृह जिल्ला झापामा रहनु भएकाले महाधिवेशनमा सहभागी हुनु भएको छैन ।

महाधिवेशनमा देशभरबाट झन्डै एक हजार ६ सय प्रतिनिधि सहभागी भएका छन् । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

उद्घाटनस्थल प्रज्ञा भवनको परिसरमा फ्लेक्समार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ । हिजाे शनिवार मात्रै माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया