माओवादी महाधिवेशन : बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन वाचन

 पुस १२, २०७८ सोमबार १३:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको छ ।

आज साेमवार दिउँसो १२ बजे सुरु भएको बन्द सत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन थाल्नुभएको हो ।

प्रतिवेदन केही समयपछि प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेट्नुभएको छ ।

हिजो आइतवार उद्घाटन सत्रमा प्रचण्डले आफ्नो प्रतिवेदनमा माओवादी र अध्यक्ष स्वयम् कहाँ चुके र कसरी बाटो बिराए भनेर गम्भीर समीक्षा गरेको बताउनुभएको थियो । प्रतिनिधिलाई प्रतिवेदन वितरण गरे पनि समूह बनाएर छलफल थालिनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया