पाँच महिनामा ५१ हजार जनाले घुमे चितवन निकुञ्ज

 पुष १२, २०७८ सोमबार २०:३३:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार तीन सय चार जनाले निकुञ्जको भ्रमण गरेका छन् । 

यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार पाँच सय ६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार आठ सय ३५, भदौमा दुई हजार नाै सय ७७ र साउनमा एक हजार नाै सय ६ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 

त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालु आवको अहिलेसम्म एक करोड २९ लाख ९५ हजार एक सय ५० राजस्व सङ्कलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले मङ्सिरमा मात्रै ५४ लाख १२ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार कात्तिकमा ५१ लाख १४ हजार आठ सय ५०, असोजमा १५ लाख दुई हजार सात सय, भदौमा ६ लाख ११ हजार दुई सय ५०, साउनमा तीन लाख ५४ हजार तीन सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालु आव २०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ४१ लाख १५ हजार आठ सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो । उहाँका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट १९ लाख ४२ हजार एक सय ३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट एक करोड ९० लाख १४ हजार पाँच सय ५०, दण्ड जरिबानाबाट २० लाख ४७ हजार ६ सय १० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा ११ लाख ११ हजार पाँच सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक बिस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गएकाे आव २०७७/७८ मा ९८ हजार नाै सय २८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया