जाडाेकाे समयमा आगाे ताप्दा, हिटर बाल्दा, गिजर प्रयाेग गर्दा यसाे गराैँ

 पुष १२, २०७८ सोमबार २०:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । 

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर  हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ । 

यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन  मन्त्रालयले आग्रह गरेको छ । 

यस्तै हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने र सुत्नुअगाडि अनिवार्य रूपमा हिटर बन्द गर्न, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले आग्रह गरेको छ ।  

सावधानी नअपनाउँदा विभिन्न खालका अप्रिय घटना हुने गरेका भन्दै मन्त्रालयले जाडोको समयमा न्यानो हुनका लागि प्रयोग गरिने सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरेको हो ।  

 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया