सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेन, सुझावका आधारमा छिट्टै सिफारिस गर्ने प्रतिक्रिया

 पुस १३, २०७८ मंगलबार ११:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेको छैन । मूल्य नै निर्धारण नभएका कारण किसानले उखु काट्न सकेका छैनन् । बारीमा उखु सुक्न थालेका छन् ।

उखु सके तौल घट्ने किसानको चिन्ता छ । यसअघि किसानका प्रतिनिधि, मिल सञ्चालक र सरकारबीच पटक पटक छलफल भए पनि अहिलेसम्म मूल्य निर्धारण हुन नसकेको हो ।

उखु किसानका प्रतिनिधिले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ मूल्य माग गर्दै आएका छन् । तर चिनी मिल सञ्चालकले बढीमा ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताएका छन् ।

मूल्य निर्धारण नभए पनि पर्सिदेखि मिल सञ्चालन गर्ने चिनी उद्योगीको तयारी छ । किसान र उद्योगी दुवैलाई मान्य हुने गरी र तोकिएको मूल्य कार्यान्वयन गर्न खोज्दा केही ढिलाइ भइरहेको कृषि मन्त्रालयले जनाएको छ। आफूहरुले किसान तथा चिनी उद्योगीसँग मूल्य निर्धारणबारे सुझाव मागेको तर अन्तर धेरै भएपछि सहमति जुटाउन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

खरिद मूल्य तोक्ने क्रममा मन्त्रालय सिफारिसको चरणमा रहेको र सरकारले निर्णय गरिसकेपछि कार्यान्वयनमा सहज हुने गरी अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ । प्रकृयागत रुपमा कृषि मन्त्रालयबाट सिफारिस मूल्य उद्योग मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेपछि निर्णय भएर कार्यान्वयनमा आउँछ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया