देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

 पुष १४, २०७८ बुधबार ७:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।

यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो स्याँठ चल्न थालेको छ । यसले त्यहाँको जनजीवन कष्ठकर बनाएको छ । स्थानीयबासिन्दाले तराईमा शितलहर चलेको बताए पनि मौसम पूर्वानुमान महाशाखाले औपचारिक घोषणा गरेको छैन ।

यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । भोलि मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया