हङकङमा 'स्ट्यान्ड न्युज' का सम्पादकसहित सात जना पक्राउ

 पुस १४, २०७८ बुधबार १८:४७:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – हङकङ सरकारले 'स्ट्यान्ड न्युज' समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी गराएको छ ।

हङकङमा चीन सुरक्षासम्बन्धी नयाँ कानुन लागू भएपछि समाचार प्रकाशन/प्रसारणमा कडाइ गरिएको छ । नयाँ कानुनलाई आधार बनाएर प्रहरीले सञ्चार गृहमा धरपकड तथा सञ्चारकर्मी र सञ्चार उद्यमीहरूलाई पक्राउ गर्ने क्रम बढेको बीबीसीले जनाएको छ । 

यसअघि याे वर्षकाे सुरुमै हङकङ प्रहरीले लाेकतन्त्र समर्थक अखबार 'एप्पल डेली' काे कार्यकक्षमा छापा मार्दै, केही शीर्ष सम्पादक र अखबारका संस्थापक जिमी लाई लगायतलाई पक्राउ गर्दै अखबार बन्द गर्न बाध्य गरिएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया