काठमाण्डाैमा सामूहिक बलात्कार : थप एक आरोपी पक्राउ

 पुस १४, २०७८ बुधबार १९:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाण्डाैकाे बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।   

उहाँका अनुसार घटनाबारे हिजाे मङ्गलवार दिउँसाे ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजी र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो ।   

उहाँका अनुसार थप खोजीका क्रममा आज बिहान ९ बजेतिर एक जना र दिउँसाे ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरूले एक गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया