‍भक्तपुरमा कार दुर्घटना : एक जनाकाे ज्यान गयाे

 पुष १५, २०७८ बिहीबार ९:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डाै जाँदै गरेकाे वाग्मती ४ च.५७६ नम्बरको कारले डिभाइडरमा ठाेक्किएर अर्काे बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ  । 

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भइ काठमाण्डाै शान्तिनगर बस्दै आएका अभिषेक साहकाे ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँकाे उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएकाे हाे ।

गम्भीर घाइते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेकाे छ । अर्का घाइते ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका–१२ घर भइ ललितपुर टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री भने गएराति उपचार पछि घर फर्किनुभएकाे प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया