र्‍यापर 'लाहुरे' पाेखराबाट पक्राउ

 पुस १५, २०७८ बिहिबार १५:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर : फेसबुकबाट

काठमाण्डाै – चर्चित र्‍यापर आशिष राना मगर अर्थात् 'लाहुरे' पाेखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले 'लाहुरे' लाई पक्राउ गरेकाे हाे । 

लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ । लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया