हिमपात पछिको सोलुखुम्बु (फोटो फिचर)

 पुस १६, २०७८ शुक्रबार १३:५३:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - गएकाे शनिवारदेखि बिहीवारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे भएकाे छ। 

साेलुखुम्बुकाे माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

करिब ५/६ दिनको हिमपात पछि साेलुखुम्बुमा आज घाम लागेको छ। घाम लागेसँगै वरिपरिका डाँडा पाखाहरु चाँदीझैँ टलक्क टल्किएका छन्।

टलक्क टल्किएको हिउँले वरिपरिको वातावरणलाई मनमोहक बनाएको छ । जिल्लाका कच्ची सडकहरु भने हिउँका कारण हिलाम्मे भएका छन् । सडक हिलाम्मे भएसँगै गाडी आवतजावतमा समस्या आएकाे छ । 

पत्ताले क्षेत्रको सडकमा बाक्लो हिउँ जम्दा जिल्ला भित्रिने तथा बाहिरिने गाडीहरु रोकिएका छन् ।

हिउँ परेपछि बन्द भएका विद्यालयहरु खुलेसँगै विद्यार्थीहरु आजदेखि विद्यालय जान थालेका छन्  । कृषकहरु पनि आज बिहानैदेखि वस्तुभाउलाई घाँसपात गर्ने र बारीको काममा बिहानैदेखि व्यस्त देखिएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया