देशभर जलपक्षी गणना : ३ सय ५० गणक खटिए

 पुस १८, २०७८ आइतबार १२:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर जलपक्षी गणना सुरु भएको छ । हरेक वर्ष जनवरीको पहिलो शनिवारदेखि जनवरीकै तेस्रो शनिवारसम्म जलपक्षी गणना हुने गरेको छ ।

पाँच ठूला सिमसार क्षेत्र कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, चितवनको बीस हजारी, पोखराको फेवाताल र कोशीटप्पुसहित अन्य तालतलैया र नदी क्षेत्रमा जलपक्षीको गणना गरिने चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । 

गणनाका लागि तालिमप्राप्त गणकसहित ३ सय ५० जना खटिएका पनि उहाँले बताउनुभयो । अहिलेको गणनालाई आधारित मानेर प्रतिवेदन तयार पारिने र यो प्रतिवेदन आउँदो जुनमा सरकारलाई बुझाइने छ । 

प्रतिवेदनले चरा संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्याउने चराविद्को भनाइ छ । यस्तै, गणनाले बासस्थान र आहाराको अवस्थाका बारेमा थाहा हुनेछ । गणनामा नेपालमा रैथानेसहित जाडो छल्न आएका चरा समेटिने छन् । जलपक्षी गणनामा रैथाने जातभन्दा पनि आयातीत चरा धेरै हुन्छन् । 

नेपालका रैथाने ३० प्रतिशत र जाडो छल्न विदेशबाट आएका ७० प्रतिशत चरा गणनामा समेटिने चराविद् बरालले बताउनुभयो ।

वेटल्यान्ड इन्टरनेसनलको संयोजन र हिमाली प्रकृतिको समन्वयमा जलपक्षी गणना सुरु भएको हो । नेपालमा हरेक वर्ष १ सय ५० भन्दा धेरै  प्रजातिका चरा आउँछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया