अमेरिका, चीनसहित पाँच देशले भने– ‘परमाणु युद्ध कसैले जित्न सक्दैन’

 पुस २०, २०७८ मंगलबार १३:३९:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्हवा

मस्काे – अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् । 

सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ । 

यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् ।

साझा विज्ञप्तिमा भनिएको छ, ‘परमाणु युद्ध जित्न सकिँदैन र युद्ध गर्न नहुने हामी मान्छौँ । परमाणु हतियारको प्रयोगको परिणाम लामो समयसम्म रहन्छ, यसर्थ यसलाई आत्मरक्षाका लागि, तनाव कम गर्न र युद्ध रोक्ने उद्देश्यबाट प्रयोग गर्नुपर्ने हामी मान्छौँ ।’

समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनका उप विदेश मन्त्री मा जाओक्सुले संयुक्त विज्ञप्तिले आपसी विश्वास बढाउन सहयोग गर्ने र समन्वय–सहयोगले ठूला शक्तिबीच प्रतिस्पर्धालाई परिवर्तन गर्न सकिने बताउनुभएको छ । 

चीनले परमाणु हतियारलाई लिएर 'नो फर्स्ट युज' अर्थात् (पहिले प्रयोग नगर्ने) नीति लिएको छ । 

फ्रान्सले पनि एक विज्ञप्ति निकालेर पाँच देशले परमाणु हतियार नियन्त्रण र निरस्त्रीकरणका लागि आफ्नो दृढ सङ्कल्पलाई दोहोर्याएको बताएको छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय प्रयास चलिरहने फ्रान्सकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया