दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई 'नेपाल दिवस' का रूपमा मनाइनुपर्ने माग गरेको छ ।
आउँदाे २७ गते पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा विवेकशील साझा पार्टीले आज आइतवार एक विज्ञप्ति निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।
‘संसारका धेरैजसाे देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै 'नेपाल दिवस' का लागि सबैभन्दा उपयुक्त दिन हुन सक्छ भन्ने हाम्रो धारणा हो’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही २७ गतेदेखि 'मेची–महाकाली राष्ट्रिय एकता यात्रा' प्रारम्भ गर्ने तथा त्याे यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुने जनाउँदै यसमा सहभागी हुन नागरिकलाई अपिल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।