सँगै गाेठालाे गएका साथीबीच झगडा हुँदा एक जनाकाे ज्यान गयाे

 पुस २०, २०७८ मंगलबार १५:४३:५१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा सँगै गाई चराउन जङ्गल गएका एक बालकको ज्यान गएकाे छ । दुई जना साथीबीच झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालककाे नाै वर्षका साथीसँग झगडा भएकाे थियाे । झगडा हुँदा नाै वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेर भिरबाट खसाल्ने नाै वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया