मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन– ‘जनताले अपेक्षा गरेअनुसार काम गर्नू’

 पुष २१, २०७८ बुधबार १८:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । 

आज बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको हो । उहाँले देशकाे विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो । 

प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निम्ति पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

मन्त्री कार्कीले भन्नु भयो, ‘प्रधानमन्त्री देउवाले देशकाे विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा–सुविधालाई तीव्रताका साथ अगाडि बढाउन, जनताको जीवन रक्षाका निमित्त चनाखो हुन र विकासका कामलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । समग्रमा प्रधानमन्त्रीजी देशको अपेक्षा र जनताको अपेक्षाअनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनुभयो ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनुभएको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया