पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, अन्य ठाउँमा पनि पानी पर्ने

 पुष २२, २०७८ बिहीबार ७:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले प्रदेश-१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा केही ठाउँमा दिउँसाे वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार पर्सिसम्म नै हल्का वर्षाको सम्भावना छ । आउँदो आइतवारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया