जनताले एमाले नेतृत्व सरकारकाे प्रतीक्षा गरिरहेका छन् : अध्यक्ष ओली

 पुष २३, २०७८ शुक्रबार १५:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावकाे तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयाे, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’

अध्यक्ष ओलीले आउँदाे चुनाव आफ्नाे पार्टी एक्लै सत्तारुढ गठबन्धनकाे सामना गर्न सक्षम रहेको दाबी गर्नुभएकाे छ । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको बताउँदै याे सरकारलाई मतदानको माध्यमबाट हटाउन आमनागरिकलाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभइ अन्यत्रैबाट बनेको सरकारलाई झन्डै तीन करोड नेपाली नागरिकले आउँदाे चुनावमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने नै होइन । यिनीहरूलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएनन् । जनताले जनादेश नदिएका मान्छेहरू अन्यत्रैबाट आए । सरकार नियुक्त गर्ने काम जहाँ संसद्ले गर्छ । संसद्ले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले शपथ गरिसकेको यी कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ नाटक थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु– यस्ता नाटकहरूलाई आउँदा दिनमा अन्त्य गर्नुपर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु– जनताको अदालतले यस्ता कुराहरूको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झन्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरूबाट प्रष्फुटित गर्नुपर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्ती केन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘आज हामी देखिरहेका छौँ, हरेक ठाउँमा योग्य मानिसहरूलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भइरहेको छ । आज ३० हजारभन्दा बढी पालिकाहरूले नर्सिङ खोल्छौँ भनेर निवेदन दिए । नर्सिङ कलेजहरू बन्द गर्ने अभियान चलाएको छ सरकारले । विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने अभियानमा गइरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो ।’ 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया