काठमाण्डौका सबै पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने

 पुष २५, २०७८ आइतबार ८:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भीड लाग्दै आएको छ ।

भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

यसअघि विद्युतीय राहदानी बनाउन काठमाण्डौ आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश-२ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो ।

यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश-१, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको थियो । यीसहित काठमाण्डौमा इलाका प्रशासन र पालिकाबाट सेवा थप भएको विभागका निर्देशक एवम् सूचना अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

अहिलेसम्म झण्डै ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण सङ्कलन भइसकेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Narayan khadka

    Jan. 9, 2022, 8:21 a.m.

    मेरो गाउपालिका मा त पुगेकै छैनन रास्टिय परिचय पत्र अजयमेरु गा पा डडेलधुरा 6

  •  0 Reply

तपाईको प्रतिक्रिया