दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले माैसममा सुधार आउने बित्तिकै भैरहवामा रहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट हुने बताउनु भएको छ।
विमानस्थलको निरीक्षण तथा अनुगमनका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवाँलो तथा माैसममा केही खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको र माैसममा सुधार आउने बित्तिकै तत्काल क्यालिब्रेशन फ्लाइट गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो,'क्यालिब्रेशन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, माैसममा खराबी भएकाले हुन नसकेको हो, माैसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गछौँ ।'
त्यही क्रममा मन्त्री आलेले क्यालिब्रेशन फ्लाइट गरेको केही दिनभित्रमै परीक्षण उडान गरिने समेत जानकारी दिनुभयो । मन्त्री आलेले थप भन्नुभयो,'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हामी आतुर छौँ, अब चाँडै उडान सुरु हुन्छ ।'
विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचनाहरु चाँडो निर्माण सम्पन्न गर्न समेत मन्त्री आलेले निर्देशन दिनुभएको छ । मन्त्री आलेले विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गर्नुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डकाे एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेशन फ्लाइट गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,'क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।'
क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरणहरु जाँच गर्ने र सबै चिजहरुको रिपोर्ट ठिक भए पछि परीक्षण उडान गर्नुपर्ने नियम रहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफल रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।