दाङमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 पुस २५, २०७८ आइतबार ९:३०:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा रा २ प १८४० नम्बरको मोटरसाइकलका चालक घोराही–१० का ५३ वर्षका पदम बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मदन बस्नेत र टेकबहादुर बस्नेत घाइते भएका छन्।

मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिक जीप र टिप्परसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया