भोजपुर एमाले अध्यक्षमा शरण राई चयन

 पुस २५, २०७८ आइतबार २०:३६:२१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि चुनावकाे सम्भावना प्रबल रहेकोमा नेताहरूको पटक–पटकको कसरतपछी सहमतिमा नेतृत्व छानिएको हो ।

अध्यक्षमा शरणकुमार राई सर्वसम्मत हुनुभएकाे छ । माधव नेपालले नयाँ पार्टी खाेल्नुभएकाेमा असन्तुष्टि जनाउँदै राई एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेमा रहँदा पालिकाका जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो ।

अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया