दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गयाे, ९ जना घाइते

 पुस २६, २०७८ सोमबार १२:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।  

बस दुर्घटनामा भारतकाे मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमकाे ज्यान गएकाे हाे । 

आज बिहान  पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकाे दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

घाइते सबैलाई लमही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएकाे प्रहरीले जनाएकाे छ । बसमा २० जना यात्रु रहेका थिए।  बस अनियन्त्रित भएर २० मिटर तल पुगेकाे प्रहरीले जनाएकाे छ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया