दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माणकाे काम सुरु भएको छ ।
यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण सुरु गरिएको हो । अहिले रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ ।
टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा अहिलेसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार नाकामा नै यार्ड निर्माण सुरु भएको छ ।
रसुवागढीमा कम्तीमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुने उहाँले बताउनुभयो । नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन् । कोभिड–१९ सुरु भएपछि चीनबाट हुने आयात घटेको छ ।
नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले सामग्रीको आयात बढाएका छैनन् । ‘हामीले पूर्वाधारको विकास गर्न सकेको खण्डमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन्’, उहाँले भन्नुभयो, ‘यसले पछिसम्म फाइदा हुन्छ ।’ पछिल्लो समय चिनियाँ पक्षले दैनिक ९ वटा चिनियाँ गाडीमा सामग्री आयात गरिरहेका छन् ।
२०७६ साल माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ साल माघ १५ गतेदेखि २०७७ साल जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो । तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।