संयुक्त विद्यार्थी सङ्गठनले एमबीबीएस विद्यार्थीकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाउने

 पुष २६, २०७८ सोमबार १४:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

सात वटा विद्यार्थी सङ्गठनको आज साेमवार काठमाण्डौमा बसेको बैठकले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएकोप्रति सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजमा भएको भनिएकाे अनियमिताको समेत छानबिन गर्न माग गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ ।

यस्तै कोरोनाको तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया