ऋण तिर्न सजिलो पारिदिन चीनसँग श्रीलङ्काको आग्रह

 पुस २६, २०७८ सोमबार १७:३२:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज साेमवार भेटवार्ता भएको छ । भेटमा श्रीलङ्काका राष्ट्रपति राजपक्षले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गर्नुभएको समाचार संस्था बीबीसीले जनाएकाे छ ।

बितेका एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा धेरै ऋण प्रवाह गरेको छ । भेटमा राजपक्षले श्रीलङ्कामा चीनबाट निर्यात हुने वस्तुमा सहुलियत दिन पनि अनुरोध गर्नुभएको बीबीसीले जनाएको छ ।

गएको वर्ष श्रीलङ्काले चीनबाट साढे तीन अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो । पछिल्लो समय श्रीलङ्कामा ऋण र विदेशी मुद्राको गम्भीर सङ्कट देखिएको छ । कोरोना महामारीका कारण पर्यटनबाट हुने आम्दानी घटेपछि स्थिति झन् बिग्रिएको छ ।

गएको सेप्टेम्बरमा खाद्य सामग्रीको मूल्य बढेका कारण आफ्नो मुद्राको मूल्य घटेपछि श्रीलङ्काले आर्थिक सङ्कटकाल घोषणा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया