नेपाली माैलिक गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्छ : गृहमन्त्री खाण

 पुस २८, २०७८ बुधबार १८:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नेपाली परम्परागत तथा माैलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ । 

आज बुधवार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घ तथा सुनचाँदी व्यापारी प्रतिनिधिसँग छलफल गर्दै गृहमन्त्री खाणले नेपालको परम्परागत तथा मौलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले बताउनुभयो ।

नेपाली पुर्खाहरूले लगाएको गहनाहरूको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै त्यसअनुसारकाे गहना बनाइ विदेशी देशमा पठाउनतर्फ ध्यान दिन मन्त्री खाणले व्यवसायीहरूलाई आग्रह गर्नुभयो । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्त्व बढ्न सक्ने उहाँले धारणा राख्नुभयो । 

गृहमन्त्री खाणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताउनुभयो । यसका साथै कच्चा सुन किन्दा विदेशी भूमिमा पुगेको पैसा गहना बिक्री गरेसँगै नेपाल फर्किने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कालिगढहरूलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भने पनि त्यसले मद्दत पुर्‍याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टि ध्यान दिनुस् । विधि अनुकूल तपाईँहरू अगाडि बढ्नुस् ।’

मन्त्री खाणले उद्योगी, व्यवसायीहरूको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरूले उद्योगी, व्यवसायीहरूको सुरक्षामा काम गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया