खोप लगाउने बढे, तर खोप केन्द्र थोरै हुँदा असहज

 पुस २९, २०७८ बिहिबार ८:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना सङ्क्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् ।

आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या पनि बढेको छ । तर खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ ।

अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डोज र ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश-१ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण तथा प्रदेश-२ मा ५२ प्रतिशतले पहिलो र ४२ प्रतिशतले पूर्ण डोज लगाएका छन् । लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण तथा कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । हिजोसम्म कुल जनसङ्ख्याको ३७ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया