‘नेता बन्न रहर भएका पत्रकारले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्नुस्’

 पुस २९, २०७८ बिहिबार १९:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभएको छ । पत्रकारमाथि नेता कि पत्रकार भन्ने प्रश्न उठिरहेको भन्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले आज बिहीवार दिक्तेलमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा ‘पत्रकारले गल्ती गर्दैन’ भन्ने मान्यतामा विचलन आउन दिन नहुने उहाँले बताउनुभयाे । अध्यक्ष बस्नेतले पत्रकारबाट गल्ती हुँदैन भन्ने स्थापित मान्यतामा विचलन आउन नदिन पत्रकारलाई आग्रह गर्नुभयाे । 

‘पत्रकारले गल्ती गर्दैन । पत्रकारले लेखेको साँचो हो भन्ने मान्यता छ, त्यो मान्यतामा विचलन आउन दिनुभएन । पत्रकारले लेखेको ठिक हो, कुनै पनि मिडियामा जुनसुकै कुरा लेखेको होस्, त्यो साँचो हो भनेर जनताले पत्याइदिनुपर्छ । पत्याउनुपर्छ । त्यो मान्यता छ’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘अब पत्याउन छाडे भने हामीमाथि प्रश्न उठ्छ, पत्रकार यस्तै हुन् भन्न थालियो भने के हुन्छ हालत । यो विकसित हुन दिन हुन्न ।’ 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया