माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड, पाताले तरुलको माग धेरै

 पुष ३०, २०७८ शुक्रबार ८:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीमाटी तरकारी बजारमा दाउरा जसरी चाङ लगाएर राखिएकाे तरुल

काठमाण्डाै – भाेलि शनिवार मनाइने माघे सङ्क्रान्तिका लागि काठमाण्डौको बजारहरूमा तरुल किन्नेको चहलपहल बढेको छ । काठमाण्डाै उपत्यकाका दुई ठूला तरकारी बजार कालीमाटी र बल्खुमा तरुलको चाङ नै लागेको छ । यी थोक बजारमा तरुल किन्न बिहानैदेखि उपभोक्ताको भिड छ । बजारमा हिजो बिहीवारदेखि नै तरुल किन्ने र बेच्नेको भिड बढेको छ । दाउराका हार जस्तै गरी तरुल मिलाएर राखिएका छन् ।

बजारमा धेरैजसो सर्लाही जिल्लाबाट तरुल भित्रिएको छ । खान मिठो र अन्य तरुल भन्दा सस्तो हुने भएकाले तराईका जिल्लाको तरुलको कारोबार धेरै हुने गरेको छ । यसपालि पाताले तरुलको पनि कारोबार बढेको छ । महँगो भए पनि स्वादिष्ट हुने भएकाले चितवनको पाताले तरुलको माग बढेको व्यापारीहरूले बताएका छन् ।

विशेषगरी चितवनको पाताले तरुल, घर तरुल, वन तरुल, हात्तीपाइले तरुलको माग धेरै रहेको तरकारी तथा फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पोहोर, परार भन्दा यसपालि पाताले तरुलसँगै हात्तीपाइले तरुलको कारोबार धेरै छ । उत्पादन धेरै भएकाले पोहोरको भन्दा हात्तीपाइले तरुल यसपालि केही सस्तो छ । अन्य तरुलको भाउ पनि खासै नबढेको तरकारी तथा फलफूल थोक बजार व्यवसायिक संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । 

आज बजारमा तराईका जिल्लाको तरुल किलोको ६० देखि ७० रुपैयाँ, हात्तीपाईले तरुल किलोको ७० देखि ८० रुपैयाँ, वन तरुल किलोको एक सय ७० देखि एक सय ८० रुपैयाँ, चितवनको पाताले तरुल किलोको एक सय ८० देखि एक सय ९० रुपैयाँ, स्कुसको जरा किलोको एक सय ४० देखि ए कसय ५० रुपैयाँ र पिँडालु किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।  

बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली, पाल्पा, सुनसरीलगायतका जिल्लामा तरुल र पिँडालु उत्पादन हुने गरेको छ । यसपालि काठमाण्डौमा पाल्पाबाट खासै तरुल भित्रिएको छैन । सर्लाही र सुनसरीबाट भने आवश्यकताअनुसार तरुल भित्रिएको तरकारी तथा फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भनाइ छ । 

बजारमा १०–१२ किसिमका तरुल पाइए पनि मुख्य गरी घर तरुल, वन तरुल, सिमल तरुल, तराईका जिल्लाको तरुल, पाताले तरुल र हात्तीपाइले तरुलको कारोबार धेरै हुने गरेको छ । यस्तै बजारमा तरुलसँगै घिउँ, चाकु र सखर किन्नेको भिड पनि बढेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया