सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय

 पुस ३०, २०७८ शुक्रबार १८:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएको छ ।

मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, काठमाण्डौ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विद्यार्थी र अभिभावक सहभागी थिए । छलफलबाट पाँच बुँदे निर्णय भएको हो ।

आयोगले तोकेको भन्दा बढी शुल्क नलिने, विद्यार्थीको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था  तथा अभिभावक एवम् विद्यार्थीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने, एकीकृत प्रवेश परीक्षा प्रणालीमा चिकित्सा शिक्षा आयोगले आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउनेलगायतका निर्णय भएका शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले बताउनुभयो । काठमाण्डौ मेडिकल कलेज र नोबेल कलेजले अतिरिक्त शुल्क तिर्न दबाब दिएको भन्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।  

यसैबीच काठमाण्डौ मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले दुर्व्यवहार गरेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलबाट निस्कने क्रममा विद्यार्थीले शर्मालाई दुर्व्यवहार गरेका हुन् । 

विज्ञप्ति : 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया