एसिया कप क्रिकेटअघि श्रीलंकालाई झट्का

 भदौ २५, २०७५ सोमबार २०:३८:३ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेट सुरु हुनुभन्दा पहिले श्रीलंकाली क्रिकेट टिमलाई झट्का लागेको छ । 

श्रीलंकाले एसिया कपमा आफ्ना स्टार खेलाडी तथा टिमका कप्तान दिनेश चाण्डीमललाई गुमाउने भएको छ । सोमबार आईसीसीले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमाफर्त दिनेश चाण्डीमल एसिया कपमा नखेल्ने जानकारी दिएको हो ।

 

श्रीलंकाले अब चाण्डीमलको ठाउँमा विकेटकीपर ब्याट्सम्यान निरोशन डिकवेलालाई टिममा समावेश गरेको छ । चाण्डीमल श्रीलंका टी–२० लिग खेल्ने क्रममा औँलामा चोट लागेको थियो । उनलाई अझै केही समय आराम गर्नुपर्ने भएकाले एसिया कपबाट बाहिर राखिएको हो । 

 

एसिया कप २०१८ सेप्टेम्बर १५ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेल श्रीलंका र बंगलादेशबीच हुनेछ ।

एसिया कपका लागि श्रीलंकाली टिम 

एन्जेलो म्याथ्यूज –कप्तान), कुशल परेरा, कुशल मेन्डिस, उपुल थरंगा, निरोशन डिकवेला, दानुष्का गुनातिलका, थिसारा परेरा, दसुन शानका, धनञ्जया डी सिल्वा, अकिला धनञ्जया, दिलरुवान परेरा, अमिला अपोंसो, कसुन रजिता, सुरंगा लकमल, दुष्मांथा चमेरा र लसिथ मलिंगा
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया