चीनले सिरियालाई ४ हजार टन चामल पठायो

 माघ ३, २०७८ सोमबार १४:४३:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले सिरियालाई झण्डै ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप चीनले पठाएको चामल प्राप्त गरेको सिरिया सरकारले जनाएको छ । 

सिरिया पछिल्लो समयमा द्वन्द्व तथा खडेरीको चपेटामा छ । त्यहाँ खाद्य संकट निम्तिएको छ । चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको थियो । 

पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा चामल प्रदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया