सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र आगजनी

 माघ ४, २०७८ मंगलबार १९:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । 

आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।

महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । 

भिड अनियन्त्रित भएपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भिड तोडफोडमा उत्रिएको हो ।

पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना सङ्क्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भिड आक्रोसित बन्दा घटना सिर्जना हुनपुगेको बताएको छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया