एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

 माघ ५, २०७८ बुधबार ६:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ ।

सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक अरु ६ वटामा नेतृत्व चयन भइसकेको छ । प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन हुनुभएको छ ।

कोभिड–१९ महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुने एमालेले जनाएको छ ।

कुन जिल्लामा कसको नेतृत्व ?

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया