सार्वजनिक ठाउँ वा गाडीमा यात्रा गर्दा मास्क लगाए-नलगाएको बारे अनुगमन सुरु

 माघ ५, २०७८ बुधबार १२:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु भएको छ ।

काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा अनुगमन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सम्झाई बुझाई गरेर मास्क लगाउन आग्रह गर्ने गरिएको छ । यस्तै, सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया